सुदूरपश्चिम प्रदेश सरकारले प्राकृतिक प्रकोपबाट मृत्यु भएको परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।
बैठकले प्रदेश विपद् कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। कोषबाट दोहोरो नपर्ने गरी उक्त रकम विपदका कारण जनधनको क्षति व्यहोरेका परिवारलाई राहत सामग्री र बसोबास व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।
बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका परिवारलाई उक्त रकम राहत स्वरुप दिने प्रदेश सरकारले निर्णय गरेको हो। प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले नौवटै जिल्लामा प्राकृतिक प्रकोपबाट ज्यान गुमाएकाहरुका परिवारलाई राहत दिने निर्णय गरेको हो। उक्त रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रदान गरिनेछ। यस्तै, प्राकृतिक प्रकोपमा परी घाइते भएका व्यक्तिको प्रदेश सरकारले नै उपचार गर्ने भएको छ।
यस्तै, बैठकले प्रदेश विपद् कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ। कोषबाट दोहोरो नपर्ने गरी उक्त रकम विपदका कारण जनधनको क्षति व्यहोरेका परिवारलाई राहत सामग्री र बसोबास व्यवस्थापनमा खर्च गरिने जनाइएको छ।
कमेन्ट गर्नुहोस्