Tuesday October 27, 2020  |    | 

विश्वभर कोरोना संक्रमित हुनेको संख्या २ करोड ३१ लाख २० हजार ८०२

Njn Khanal - 2020 Aug 22 01:38 PM
IMG
विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड ३१ लाख २० हजार ८०२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २ करोड ५९ लाख भन्दा धेरै नयाँ संक्रमित थप भएका छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ८ लाख ३ हजार २१३ पुगेको छ । हालसम्म १ करोड ५७ लाख १४ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५७ लाख ९६ हजार ७२७ पुगेको छ । त्यहाँ हालसम्म १ लाख ७९ हजार २०० जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ३५ लाख ३६ हजार ४८८ जना संक्रमित हुँदा १ लाख १३ हजार ४५४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म २९ लाख ७५ हजार ७०१ संक्रमित हुँदा ५५ हजार ९२८ जनाको मृत्यु भएको छ । 

रुसमा ९ लाख ४६ हजार ९७६ संक्रमित हुँदा १६ हजार १८९ जनाको मृत्यु भएको छ । साउथ अफ्रिकामा ६ लाख ३ हजार ३३८ जना संक्रमित हुँदा १२ हजार ८४३ जनाको मृत्यु भएको छ । पेरुमा ५ लाख ७६ हजार ६७ जना संक्रमित हुँदा २७ हजार २४५ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ५ लाख ४९ हजार ७३४ जना संक्रमित हुँदा ५९ हजार ६१० को ज्यान गएको छ । कोलम्बियामा ५ लाख २२ हजार १३८ संक्रमित हुँदा १६ हजार ५६८ जनाको निधन भएको छ ।

स्पेनमा संक्रमितको संख्या ४ लाख ७ हजार ८७९ पुगेको छ भने २८ हजार ८३८ जनाको निधन भएको छ । चिलीमा ३ लाख ९३ हजार ७६९ जना संक्रमित हुँदा १० हजार ६७२३ को मृत्यु भएको छ । यता, इरानमा ३ लाख ५४ हजार ७६४ जना संक्रमित हँदा २० हजार ३७६ जनाको ज्यान गएको छ । बेलायतमा हालसम्म ४१ हजार ४०५ जनाको मृत्यु भएको छ भने ३ लाख २३ हजार ३१३ जना संक्रमित रहेका छन् । अर्जेन्टिनामा ३ लाख २९ हजार ४३ संक्रमित हुँदा ६ हजार ७३० जनाको मृत्यु भएको छ ।

साउदी अरबमा ३ लाख ५ हजार ८६ हजार संक्रमित हुँदा ३ हजार ५८० जनाको मृत्यु भएको छ । पाकिस्तानमा २ लाख ९२ हजार १७४ संक्रमित हुँदा ६ हजार २३१ जनाको ज्यान गएको छ । बंगलादेशमा हालसम्म २ लाख ९० हजार ३६० संक्रमित हुँदा ३ हजार ८६१ को मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ५७ हजार ६५ पुग्दा ३५ हजार ४२७ जनाको मृत्यु भएको छ ।  
 
चीनमा पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८४ हजार ९३९ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । जापानमा ५९ हजार ७२१ जना संक्रमित हुँदा १ हजार १५५ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ३० हजार ४८३ जना संक्रमति फेला पर्दा १८ हजार २१४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १३७ जनाको भने मृत्यु भएको छ ।  
 

कमेन्ट गर्नुहोस्