Tuesday October 27, 2020  |    | 

हरेक १५ सेकेन्डमा एकको मृत्यु

Samana prasai - 2020 Aug 23 01:36 PM
IMG

कोरोना भाइरस ‘कोभिड १९’ का कारण हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ।

रोयटर्सका अनुसार दुई हप्तायताको मृतक संख्यालाई मध्येनजर गर्दा विश्वभर हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भएको देखिएको छ।

दुईहप्ताको तथ्यांकलाई हेर्दा हरेक एक घण्टामा विश्वभर २४६ को मृत्यु भइरहेको छ।

वर्ल्डोमिटरका अनुसार कोरोना भाइरसका कारण हालसम्म २ करोड ३३ लाख ८३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख ८ हजार ७ सयको मृत्यु भइसकेको छ। 

कमेन्ट गर्नुहोस्