Monday October 19, 2020  |    | 

१ डलर बराबर २,७२,५०० इरानी रियाल

Samana prasai - 2020 Sep 23 03:13 PM
IMG
कोरोनाभाइरस महामारीले विश्वव्यापी अर्थव्यवस्थाको हालत व्यापक खराब भएको छ । तर, इरानको नोक्सानी धेरै भएको छ । यसबाट इरानी मुद्राको विनिमय दर कहालिलाग्दो रुपमा ओरालो लागेको छ । हाल १ अमेरिकी डलरबाट २,७२,५०० इरानी रियाल किन्न सकिने भएको छ । जून महिनादेखि हालसम्म डलरसँगको विनिमयमा इरानी रियालमा ३० प्रतिशतले गिरावट आइसकेको छ ।
२०१५ मा आएको थियो भारी गिरावट
कोरोनाका अतिरिक्त इरानमा अमेरिक प्रतिबन्धको पनि नराम्ररी असर परेको छ । यसका कारण तेहरान आफ्नो तेल विश्व बजारमा विक्री गर्न पाइरहेको छैन । २०१५ मा इरानी मुद्रा डलरको तुलनामा ३२,००० सम्म पुगेको थियो ।
अमेरिकी प्रतिबन्धको पनि असर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपले सोमबार इरानमाथि संयुक्त राष्ट्र संघीय हतियार प्रतिबन्ध पुनः स्थापित गरेका थिए । साथै उसमाथि कयौ नयाँ प्रतिबन्ध पनि लगाइएको छ । ट्रम्पले एक विज्ञप्तिमा भनेका छन्,“आज म इरानको परमाणु, ब्यालेस्टिक मिसाइल र पारम्परिक हतियारमाथि प्रतिबन्ध लगाउनका लागि नयाँ कदम उठाउन गइरहेको छु । मेरो प्रशाशनले इरानलाई कहिले पनि परमाणु हतियार विकास गर्ने अनुमती दिने छैन र म इरानलाई ब्यालेस्टिक मिसाइल तथा पारम्परिक हतियारको आपूर्तिको माध्यमबाट बाँकि विश्वलाई खतरामा पार्ने अनुमती दिन्छु् ।”

कमेन्ट गर्नुहोस्