Monday October 19, 2020  |    | 

तोलामा ९ सयले बढ्यो सुनको मूल्य

Samana prasai - 2020 Sep 29 04:18 PM
IMG

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ ।महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० र तेजाबी सुनको मूल्य रु ९२ हजार ८०० पुगेको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भई एक हजार १७५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्