Monday October 19, 2020  |    | 

विण्डोज टेनमा गेमरहरुका उपयोगी अपग्रेड आउँदै

Njn Khanal - 2020 Oct 03 03:07 PM
IMG

विण्डोज टेनमा आउने नयाँ अपडेटसँगै गेमरहरुका लागि खुशीको खबर ल्याएको छ । पहिले पहिले जब तपाईंको गेम राम्रोसँग चल्दैन थियो, त्यतिखेर तपाईंले या त त्यो एप्लिकेसनलाई क्विट गर्नपर्ने हुन्थ्यो या त विण्डोज टेनको सेटिङ परिवर्तन गर्नुपर्थ्यो । 

तर गेममा व्यस्त भइरहेको समयमा कसैले पनि झन्झट व्यहोर्न चाहँदैन । यसैकारण विण्डोजको पछिल्लो रिपोर्ट अनुसार माइक्रोसफ्टले उक्त मिडल म्यानलाई अब हटाउने तयारी गरेको छ । 

अब विण्डोज टेनको एक्सबक्स गेम बारमा टास्क म्यानेजर जस्तै देखिने एउटा नयाँ रिसोर्स मेनु आउनेछ । विण्डोज प्लस जी सेलेक्ट गरेपछि गरेपछि गेम बार देख्न सकिनेछ । यो नयाँ रिसोर्स सेक्सन स्पिडोमिटर जस्तै देखिन्छ । विण्डोज लेटेस्टले शेयर गरेको तेस्रोदेखि अन्तिम सामग्री राख्दछ । 

कुन एपले सीपीयू, र्‍याम, जीपीयू र डिस्क स्पिड ओगटेको छ भन्ने कुरा रिसोर्स म्यानेजरले देखाउँछ । साथै यसले भिजिबिलिटीको आधारमा एप्लिकेसनहरुलाई विभाजन गर्दछ ।यदि केही  विशेष स्थानमा गेमको पर्फमेन्समा समस्या देखियो भने तपाईंले वर्गीकरण गरेका एपहरुलाई घटाउन सक्नुहुन्छ । यसरी डिभाइसको रिसोर्सहरुलाई खपत गरेर ब्याकग्राउण्डमा चलिरहेका एपहरुलाई तपाईंले तत्कालै बन्द गर्न सक्नुहुन्छ ।

प्रत्येक एप्लिकेसनको दायाँ कुनातिर रहेको एक्स आइकनबाट तपाईंले सहजै  रिसोर्स होग हटाएर आफ्नो गेममा फर्किन सक्नुहुन्छ । एक्सबक्स गेम बारबाट माइक्रोसफ्टले गेमिङ अनुभवलाई मजबूत बनाउने अपेक्षा गर्न सकिन्छ । 


 






कमेन्ट गर्नुहोस्