Tuesday October 27, 2020  |    | 

इटहरी चोकमा विजुलीको पोलमा काम गर्ने क्रममा कर्मचारीलाई करेण्ट लागेको छ

Samana prasai - 2020 Oct 07 04:44 PM
IMG

इटहरीको मुख्य चोक धरान लाईनमा विजुलीमा काम गर्ने कर्मचारीलाई करेण्ट लागेको छ । धरान लाईनको कुमारी बैक अगाडी काम गर्ने क्रममा कर्मचारीलाई करेण्ट लागेको हो ।

६ लेन सडक निमार्ण क्षेत्रमा विजुलीको तार अर्को पोलमा सार्ने काम भईरहेको छ । त्यही क्रममा अहिले ती कामदारलाई करेण्ट लागेको हो । विजुलीको पोलमा तार सार्ने क्रममा करेण्ट लागेको विद्युत प्राधिकरण इटहरीले जनाएको छ ।

करेण्ट लाग्ने कामदार प्राधिकरणको नभई ६ लेन सडक निमार्णको अन्तरगतको कर्मचारी हुन । करेन्ट लागेर उनी बेहोस भएका थिए । बेहोस भएर अड्किएका उनलाई अर्का प्राविधिक पोलमा चढेर होसमा ल्याएका थिए । पछि उनी सकुसल हिड्दै फर्किएका थिए । ती व्यक्ति सडक विस्तारको काम गरिरहेका ठेकेदारको लागि बिजुलीको पोल सार्ने प्राविधिक हुन् ।

कमेन्ट गर्नुहोस्