Tuesday October 27, 2020  |    | 

डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै

Samana prasai - 2020 Oct 09 04:52 PM
IMG

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

डा.केसीको शरीरमा अक्सिजनको मात्रा कम भएको र निमोनियाको लक्षणसमेत देखिएको उनका सहयोगी डाक्टर तोसिमा कार्कीले बताइन् ।

डा.कार्कीका अनुसार डा.केसीमा निमोनियाको लक्षण देखिएकाले सिटी स्क्यान समेत गरिएको छ ।

विभिन्न माग राख्दै अनसनरत डा.केसीको आज अनसनको २६ औं दिन पुगेको छ ।

सरकारले बिहीबार डा.केसीका मागबारे उनका प्रतिनिधिसँग वार्ता गरेको भएपनि बिहीबारको वार्ता निष्कर्ष बिहीन भएको थियो । डा.केसीका माग बारे शिक्षा मन्त्रालय आन्तरिक छलफलमै रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्