Tuesday October 27, 2020  |    | 

अमेरिकामा दुई समूहबिच प्रदर्शनका क्रममा झडप, गाेली चल्दा एकजनाकाे मृत्यु

Samana prasai - 2020 Oct 11 02:02 PM
IMG

अमेरिकाको डेनवरमा दुई विपरित समूहका प्रदर्शनकारीबिच भएको झडपको क्रममा गोली चल्दा एकजनाको ज्यान गएको छ । दक्षिण पन्थी र वामपन्थी समूहले भिन्दाभिन्दै प्रदर्शन गरेका थिए ।

दुई समूहमा रहेका प्रदर्शनकारी आमनेसामने भएपछि झडप भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । झडपको क्रममा गोली चल्दा राष्ट्रवादी र्‍यालीका सहभागी दक्षिण पन्थी समूहका व्यक्तिको मृत्यु भएको खबर छ ।

गोली प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । उनी निजी सुरक्षागार्ड रहेको र ती व्यक्ति कुनै पनि प्रदर्शनका सहभागी नरहेको प्रहरीले बताएको छ ।

प्रहरीले आफ्ना कर्मचारीको सुरक्षाका लागि नियुक्त गरेका व्यक्ति नै गोली प्रहार गरेको अभियोगमा पक्राउ परेको स्थानीय टेलिभिजनले दाबी गरेको छ । तर प्रहरीले त्यसको पुष्टि गरेको छैन ।

स्थानीय समय अनुसार शनिबार दिउँसो साढे ३ बजे घटना भएको हो । घटनास्थलबाट दुई बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्