Wednesday March 3, 2021  |    | 

आरिफ शेख घाइते

Njn Khanal - 2021 Jan 27 12:49 PM
IMG

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल दौराना आरिफ शेख घाइते भएका छन् ।

नेपाल पुलिसबाट खेलिरहेका आरिफ पहिलो इनिङ्समा घाइते भए । ४६औं ओभरको खेल चलिरहेका बेला फिल्डिङ गर्ने बेला उनलाई चोट लागेको हो । तत्कालै उनलाई स्ट्रेचरबाट मैदान बाहिर ल्याइएको थियो ।

उनले खेलमा १० ओभर बलिङ गर्दा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए ।

आरिफ चोट कस्तो भन्ने बारेमा जानकारी आइसकेको छैन । उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि हस्पिटल पठाइएको छ ।

उनको खुट्टा सुन्निएको छ ।

कमेन्ट गर्नुहोस्