Wednesday March 3, 2021  |    | 

जापानमा गएको ७ म्याग्निच्युडको भूकम्प सन् २०११ को महाभूकम्पको पराकम्प

Samana prasai - 2021 Feb 14 01:33 PM
IMG

जापानमा शनिबार गएको ७ दशमलब एक म्याग्निच्युडको भूकम्प सन् २०११ को महाभूकम्पको पराकम्प भएको विज्ञहरुले बताएका छन्।जापानमा सन् २०११ मा ९ म्याग्निच्युडको महाभूकम्प गएको थियो। त्यसबेला सुनामी र भवन भत्किँदा जापाना २० हजारको ज्यान गएको थियो। अधिकारीहरुका अनुसार शनिबारको ठूलो भूकम्पमा परेर हालसम्म कसैको हताहतीको खबर आएको छैन। यद्यपी फुकुसिमा र मियागी क्षेत्रका ४८ जना घाइते भएको सीएनएनले जनाएको छ। दश वर्ष अगाडि पनि यही क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो।


कमेन्ट गर्नुहोस्